काठमाडौं । कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।
देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने तयारी गरेको हो ।
देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराएका छन् ।
पत्रमा उल्लेख गरीएको छ, ‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका–नगर–उपमहानगर– महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनु भएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुँदा सोही बमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु ।’
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो भदौ ५ यताका १५ उपलब्धि
कांग्रेस १५औँ महाधिवेशन : बन्दसत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री
फुट्छ, फेरि जोडिन्छ ८० वर्षे कांग्रेस
नेकपा केन्द्रीय कार्यसंयोजन समिति बैठक सुरु, झलनाथ गएनन्
नेकपाले कात्तिक ७ देखि मंसिर २५ सम्म राष्ट्रिय जागरण अभियान चलाउने
कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो
बिमस्टेक बैठकमा प्रधानमन्त्री बालेनको भारत भ्रमणवारे छलफल






