काठमाडौं । सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार उनले छिट्टै नै काठमाडौं आएर आफ्नो कार्यभार सम्हाल्नेछन्।
यसअघि उनी भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। उनी सन् २०२५ सेप्टेम्बर १ देखि मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा थिए।
कुशल कूटनीतिक अनुभव
सन् १९९३ ब्याचका भारतीय विदेश सेवा (IFS) का अधिकारी दलेलाले इजरायलको तेल अभिभबाट आफ्नो कूटनीतिक करियरको शुरुआत गरेका थिए। त्यसयता उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगहरूमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। राजदूत नियुक्त हुनुअघि उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतको राजदूतको रूपमा सेवा गरेका थिए।
छिमेकी मुलुक र नेपाल मामिलाका जानकार
दलेलासँग नयाँ दिल्लीस्थित कूटनीतिक वृत्तमा पनि लामो अनुभव छ। उनले प्रधानमन्त्रीको कार्यालयमा निर्देशक (सन् २००९–२०११) को भूमिका निर्वाह गर्दै दक्षिण एसिया, पूर्वी एसिया, इन्डो-प्यासिफिक, खाडी मुलुक, मध्य पूर्व र अफ्रिकातर्फको भारतीय सम्बन्ध विस्तारमा काम गरेका थिए।
त्यस्तै, विदेश मन्त्रालयमा निर्देशक (उत्तर– सन् २००६ देखि २००७) र सह-सचिव (उत्तर– सन् २०१६ देखि २०१९) को रूपमा उनले नेपाल र भुटानसँगको द्विपक्षीय सम्बन्धको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्।
व्यापार नीति तथा बहुपक्षीय फोरममा अनुभव
कूटनीतिक क्षेत्रबाहेक उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशक (व्यापार नीति) र विश्व व्यापार संगठनस्थित भारतको स्थायी नियोगमा दुई पटक (सन् २०१४–२०१६ मा उप-स्थायी प्रतिनिधिको रूपमा समेत) सेवा पुर्याएका छन्।
भारतीय विदेश सेवामा प्रवेश गर्नुपूर्व दलेलाले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक (इन्जिनियरिङ) पूरा गरेका थिए। नेपाल र भुटान मामिला नजिकबाट बुझेका अनुभवी कूटनीतिकज्ञ दलेलाको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सम्बन्धित समाचार
पूर्वप्रधानन्यायाधीश राणा र उनका आफन्तको घरमा सम्पत्ति शुद्धीकरणको छापा
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० देखि ६ बजेसम्म मतदान, तीन स्थानमा हुने
राप्रपा कोशी अधिवेशनमा ‘रक्सी र मासु’को विषयले विवाद
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि रोकियो संघीय निजामती अध्यादेश
मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन






