धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बेरोजगार युवालाई सीप सिकाएर रोजगारीसँग जोड्ने उद्देश्यले तीन विधामा निःशुल्क आवासीय सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
नेपाल युथ फाउन्डेसनको सहकार्यमा धनगढी भोकेसनल स्कुलमा सञ्चालन हुने तालिममा सहायक प्लम्बर, बिल्डिङ इलेक्ट्रिसियन र सहायक वेल्डर विषय समावेश छन् । प्रत्येक विधामा २५ जनाका दरले ७५ जनालाई तालिम प्रदान गरिनेछ ।
धनगढी उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले प्रकाशित गरेको सूचनाअनुसार सहायक प्लम्बर र बिल्डिङ इलेक्ट्रिसियनको तालिम ३९० घण्टाको हुनेछ । सहायक वेल्डरको तालिम पनि ३९० घण्टाकै हुनेछ ।
तालिमको अवधि तीन महिना र त्यसपछि दुई महिना ओजेटी (काम गर्दै सिक्ने अभ्यास) गरी जम्मा पाँच महिना रहनेछ । तालिम आगामी मंसिर ६ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ ।
तालिममा सहभागी हुन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । बेरोजगार तथा तालिमपछि सोही क्षेत्रमा काम गर्न इच्छुक युवाले आवेदन दिन सक्नेछन् । इच्छुक युवाले फोन सम्पर्कमार्फत पनि अन्तर्वार्ता दिन सक्ने व्यवस्था गरिएको छ ।
तालिममा सहभागी हुन इच्छुकले आगामी कात्तिक ३० गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।
तालिमसम्बन्धी थप जानकारी तथा आवेदनका लागि धनगढी उपमहानगरपालिकाको रोजगार सेवा केन्द्र वा धनगढी भोकेसनल स्कुल, वडा नम्बर १८, फूलबारी, कैलालीमा सम्पर्क गर्न सकिनेछ ।
तालिममार्फत युवालाई प्राविधिक सीप प्रदान गरी रोजगारी तथा स्वरोजगारका अवसरमा जोड्ने लक्ष्य राखिएको छ ।
सम्बन्धित समाचार
सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थल समेटिएको वृत्तचित्र र बुकलेट सार्वजनिक
धनगढीमा चैतन्य पाठ्शाला जिल्लास्तरीय अन्तरविद्यालय फुटबल हुने
एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा
सुदूरपश्चिममा १५ करोड चाहिने निशुल्क औषधि खरिदमा ८० लाख मात्रै बजेट
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिकाको उद्धार
बझाङमा १३ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
रंगीचंगी फूलले फेरिँदै धनगढीको मुहार, सडक र चोकमा बगैँचाको झल्को






