काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठक’bout जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताए ।
त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको छ ।
बैठकबाट मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा हराइ रहेका व्यक्तिको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताए । उनले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत भएको जानकारी दिए ।
सम्बन्धित समाचार
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित
विद्यालाई अघि सारेर राष्ट्रिय भेलामा जुट्यो एमाले
प्रधानमन्त्री पत्नी काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया
कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, सदस्यको पनि आयो परिणाम
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल
सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा






