काठमाडौं । सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विभिन्न मागलाई लिएर आन्दोलनरत पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले यसअघि भएका सहमतिको कार्यान्वयन अवस्था समीक्षा गर्दै बाँकी विषयलाई सम्बन्धित निकायबीच समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहितको सहभागिता रहेको थियो।
स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षासँग सम्बन्धित माग उठाउँदै आएका विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको कार्यान्वयन अवस्था’bout बैठकमा छलफल भएको थियो।
छलफलका क्रममा हालसम्म कार्यान्वयनमा आइसकेका सहमतिको प्रगति समीक्षा गर्नुका साथै कार्यान्वयन हुन बाँकी विषयलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत विचारविमर्श गरिएको थियो।
सरकारले यसअघि भएका सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकाल्दै बाँकी विषय समयमै सम्बोधन गर्ने निर्णय गरेको हो।
वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गर्ने योजनाअनुसार उक्त बैठक आयोजना गरिएको जनाइएको छ।
सम्बन्धित समाचार
संघीय सरकारसँग मुख्यमन्त्रीहरू असन्तुष्ट
ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार
कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि
कांग्रेसले भन्यो: भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त, यस्ताे छ पृष्ठभूमि
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा






