सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको बर्दिसहितको प्रहरी टोलीले विहीबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।
अनुसन्धानका लागि भन्दै उनलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । तर कुन मुद्दामा पक्राउ गरिएको भन्ने ’boutमा प्रहरीले जानकारी दिएको छैन । पक्राउ गरी रिजाललाई काठमान्डौ प्रहरी परिसरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले पुष्टि गरेका छन् ।
उनका अनुसार अनुसन्धानका लागि उपस्थित गराउन निर्देशन प्राप्त भएको र सोहीअनुसार रिजाललाई काठमान्डौ लगिएको श्रेष्ठले जानकारी दिएका छन् । रिजाललाई के कति कारणले पक्राउ गर्नुपर्ने भएको हो भन्ने ’boutमा भने डिएसपी श्रेष्ठले खुलाउन मानेनन् ।
सुनकोशी मरिण डाईभर्सनको आगामी सोमबार खुल्ने हेडवर्क निर्माण र विद्युत गृह निर्माणको लागि आर्थिक टेण्डर खुल्ने मिति तय भएको थियो । सोही टेण्डरमा दवाव दिन टेण्डरको पूर्वसन्ध्यामा उनलाई पक्राउ गरिएको हुनसक्ने आँकलन गरिएको छ । तथापि स्पष्ट कारण खुल्न सकेको छैन ।
उक्त आयोजनाको बाँकी काम निर्माणका लागि आह्वान गरिएको टेण्डरमा ६ वटा कम्पनीको आवेदन परेकोमा ३ वटा निर्माण कम्पनीले प्राविधिक परिक्षण पास गरेका थिए । ती मध्ये एउटा कम्पनीले आर्थिक टेण्डर पास गर्ने निश्चित थियो । प्राविधिक परिक्षणमा चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन बेईजिङ, अन्नेग आरसिसि जेभि र सिन्नोहाईड्रो कर्पोरेशन चाईना पास भएका थिए । उनीहरुको आर्थिक टेण्डर सोमबार खोल्ने सूचना आयोजनाले द राईजिङ नेपालमा असोज २७ गते प्रकाशन गरेको थियो ।
सुनकोशी मरिण डाईभर्सनका सूचना अधिकारी अशोकराज गौतमले पक्राउको कारण’bout कार्यालय नै बेखबर रहेको बताए । ‘कार्यालयबाटै लगिएछ हामीले पनि थाहा पाएनौं, पछि मात्र थाहा भयो’ गौतमले भने । अख्तियार वा अन्य कुनै पनि ठाउँमा आयोजनाका प्रमुख वा आयोजनाका विरुद्ध कुनै पनि मुद्दा नभएको पनि आयोजनाले जनाएको छ ।
सम्बन्धित समाचार
बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने
सय मिटर पहिरोले एक महिनादेखि राजमार्ग अवरुद्ध
खगेन्द्र सुनारले पार्टी अनुशासन आयोगलाई पठाएको लिखित जवाफमा के छ ?
यस्तो बन्यो ‘कांग्रेस २.०’
काठमाडौं महानगरपालिकाले भन्यो– ‘कात्तिक १, ३ र ४ गते घरबाट फोहोर बाहिर ननिकाल्नू’
एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै





