काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पछिल्ला समसामयिक घटनाक्रम’bout छलफल गरी सरकारको ध्यानाकर्षण गराउन आइतबार विशेष बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्।
काँग्रेसका एक नेताका अनुसार बैठकमा पछिल्ला घटनाक्रमको समीक्षा गर्दै सरकारसमक्ष उठाउनुपर्ने विषयमा छलफल गरिनेछ। बैठकबाट सरकारको ध्यानाकर्षण गराउने तयारी रहेको उनले जानकारी दिए।
विशेष बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई समेत सहभागी गराइने बताइएको छ।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)
सम्बन्धित समाचार
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ
सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त, यस्ताे छ पृष्ठभूमि
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार
चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
प्रहरी पोसाक खरिद छानबिनमा अलमल






