सुनको भाउ एकै दिन १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य अकासिएको छ ।

सुनको मूल्य आज बिहीबार प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । यसैगरी, चाँदी प्रतितोला २६५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी आज बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुनको भाउ एकै दिन १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो