काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने÷गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट ८९ लाख ८१ हजार ७२९ रुपैयाँबराबरको कारोबार गरेको खुल्न आएको छ । निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सम्बन्धित समाचार
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध
हवाई फायर गरी २०९ केजी गाँजा बरामद, पाँच जना पक्राउ
महाअभियोगसम्मको सामना गर्न सर्वोच्चका न्यायाधीश तयार
तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु
मन्त्रिपरिषद बैठक सुरु
आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा






