तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास

झापा । आउँदै गरेको तिहार पर्वका समयमा हुन सक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेको छ ।

तिहारका बेला दीपावली तथा पटका र अन्य प्रज्ज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटनालाई न्यूनीकरण गर्ने, विपद्को समयमा तत्काल उद्धार तथा आगो नियन्त्रण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले उक्त अभ्यास गरिएको हो ।

अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीहरूले आगलागी नियन्त्रण तथा उद्धार कार्यसम्बन्धी व्यावहारिक अभ्यास गरेका थिए । यस प्रकारका अभ्यासले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीको पूर्व तयारी, कार्यक्षमता र समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास सशस्त्रले लिएको छ ।

आगलागी तथा अन्य विपद्का घटनामा सुरक्षा र उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सम्भावित जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य क्षमता अभिवृद्धि तथा स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ ।

तिहारलाई सुरक्षित र मर्यादित बनाउन आगो तथा विद्युतीय उपकरणको प्रयोगमा सावधानी अपनाउन तथा आगलागीको जोखिम देखिएमा तत्काल सशस्त्र प्रहरी बल वा अन्य सम्बन्धित निकायलाई खबर गर्नसमेत सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

जनकपुरमाथि विराटनगरको सनसनिपूर्ण जित, रसेलको ४ विकेट