भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटीकाको दिन आज काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा २ हजार ४ सय ८६ जनाले यात्रा गरेका छन् ।

भाइटीकाका दिन सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पु¥याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस सेवा सञ्चालन गरिएको थियो ।

सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन गर्ने निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाएको थियो । जसअन्तर्गत काठमाडौं रिङरोडमा सञ्चालित बसले १ हजार ७ सय ६६ र भक्तपुरसम्म सञ्चालित बसले ७ सय २० जनालाई निःशुल्क सेवा दिएको हो ।

काठमाडौं लउपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुलाई सेवा प्रदान गरेको थियो ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलंकी, बल्खु, कोटेश्वर, नयाँ बसपार्क हुँदै विभिन्न ठाउँका यात्रुलाई निःशुल्क सेवा प्रदान गरेको थियो ।

यस्तै प्रधान कार्यालय स्वयम्भूदेखि भक्तपुरसम्म चल्ने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सीकोला, सानो ठिमी, पुरानो ठिमी, सल्लाघारी, लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी, स्वयम्भूसम्म सेवा दिइएको थियो ।

दशैँको समयमा समेत सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा