सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि ओरालो लागेको छ ।

निरन्तर घट्दै गएको सुनको मूल्य आज मंगलबार तोलामा एक हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन तोलामा दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीतोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न सुझाव