१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेर बन्द भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.७९ अंक घटेर २६३६.१० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.३२ अंक, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।

१३ मध्ये एक उपसमूहको परिसूचक बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२१ प्रतिशत घटेको छ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। गत शुक्रबार तीन अर्ब पाँच करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५३ स्टकको चार अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँबराबरको एक करोड १२ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को २८ करोड ९१ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। घलेम्दी हाइड्रोको २० करोड रुपैयाँभन्दा बढी र सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १९ करोड रुपैयाँ नाघेको छ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य ११.८४ प्रतिशत बढेको छ। सेन्ट्रल फाइनान्सको सेयरमूल्य ६ प्रतिशत बढेको छ भने एपोलो हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। 

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

बडिकेदार मेलाका लागि धनगढीबाट पाँचवटा निःशुल्क बस, मंसिर ४ सम्म नाम दर्ता गर्न सकिने