हिजो १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज घट्यो, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ९०० र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३००० र चाँदीको मूल्य तीन हजार ८१० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य तीन हजार ९२० रुपैयाँ कायम थियो ।

बुधबारभन्दा बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० र चाँदी प्रतितोला २६५ रुपैयाँले बढेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारको ध्यान आनी र आईजीमा, बाढीपीडित अझै बेहालमा