दानबहादुर कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आईजीपीमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश दिएन । सर्वोच्चले सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा झिकाएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कार्कीलाई आईजीपीबाट हटाएको विषयमा बुधबार सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्दै आईजीपीमा मनोज केसीलाई नियुक्ति गरेको थियो । तर डेढ वर्ष कार्यकाल बाँकी रहेका कार्की पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । उनको रिटमा सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन