काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले स्वीकृत गरेका छन् । नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म प्रदेश सरकारको कार्यभार अहिलेकै मन्त्रिपरिषद्ले सम्हाल्नेछ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार यादवले पेस गरेको राजीनामा नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम स्वीकृत गरिएको हो ।
सोही धाराको उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म हालकै मन्त्रिपरिषद्लाई कार्यभार सञ्चालन गर्न तोकिएको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)
सम्बन्धित समाचार
काँग्रेसको विशेष बैठक आइतबार दिउँसो १ बजे
न्यायाधीशवारे प्रकाशित समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
मन्त्रिपरिषद बैठक बस्दै, हिजो पनि बसेको थियो
दर्ता भएन दानबहादुर कार्कीको रिट
सरकारको ध्यान आनी र आईजीमा, बाढीपीडित अझै बेहालमा
घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु
सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटको सुनुवाइ फेरि अन्योलमा






