काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन । उक्त रिट निवेदन शुक्रबार दर्ता भए छिटोमा तिहारपछि मात्र सुनुवाइ हुनेछ ।
निवेदन दर्ता भएको भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले तिहारपछि मात्रै मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ । सर्वोच्चका कर्मचारीहरूले कार्कीका कानुन व्यवसायीहरूलाई ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ सूचना दिएका थिए । निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन हुन्छ ।
सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।
तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)
सम्बन्धित समाचार
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज
सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल
पक्राउ पत्रकारलाई रिहा गर्न प्रधानमन्त्री शाहकाे निर्देशन गएकाे छः प्रेसबिज्ञ दाहाल
डीडीसीका तत्कालीन महाप्रबन्धक झा पक्राउ
कुनै कार्डमा बिश्वास राख्दैन बालेन सरकार
आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन्ः अब सरकारसँग कानुनी लडाइँ लड्छु
न्यायाधीश पुनर्नियुक्ति गर्न पूर्वन्यायाधीशहरूको माग
आइजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की






