काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो गाडी दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज २१४३ नम्बरको सुमो गाडी आज बिहीबार बिहान करिब ८ः५५ बजे सडकबाट करिब २०÷२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिनाको मृत्यु भएको छ । त्यस्तै, सोही ठाउँकी २५ वर्षीया अनुसा लामा रहेका छन् ।
दुर्घटनामा परी रौतहट चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन् ।
घाइतेहरूलाई स्थानीय बासिन्दा तथा प्रहरी चौकी भैँसेको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।
घटना’bout जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षक निबनकुमार खड्काको कमान्डमा ११ जनाको टोली बिहान ९ः०५ बजे घटनास्थलतर्फ परिचालन भएको थियो ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै
बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव
तिहारको चौथो दिन गाईपूजा गरिँदै
पर्सामा पटका पड्काउने क्रममा बालकको मृत्यु
झिनिया बेचेर दसैं–तिहारमा मात्रै चार लाखसम्म आम्दानी
बालगोपालेश्वरको भाइटीका प्रभावित
भीमफेदी इभी दुर्घटना: चालकसहित ११ जनाको पहिचान खुल्यो
जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार






