दमौली (तनहुँ) । चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।
बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
पछिल्लो समय मौसम चिसो हुन थालेसँगै यहाँको वातावरण थप रमणीय बनेको छ । विशेषगरी बिहानको समयमा डाँडाबाट देखिने कुहिरो र ’roundका पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले दैनिक तीन÷चार सय पर्यटक मानुङकोट पुगेर दृश्यावलोकन गर्ने गरेको बताए । उनका अनुसार कतिपय पर्यटक अघिल्लो रात मानुङकोटमा बिताएर बिहान दृश्य हेरेर फर्किने गरेका छन् ।
स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय होटल तथा अन्य व्यवसायलाई लाभ पुग्ने उनले बताए ।
मानुङकोटबाट देखिने कुहिरो र सूर्योदयले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ । त्यहाँबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिनेछ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । (रासस)
सम्बन्धित समाचार
बाढीपछि गोसाइँकुण्डमा बढ्दै पर्यटकको चहलपहल
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या बढ्दो
सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा
मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
घाट र हाटमा भिडः लोक आस्थाको पर्व छठको बढ्यो चहलपहल






