सप्तरी । तिहारको थकाई मेट्न नपाउँदै हिन्दु धर्मावलम्बीहरु अहिले लोक आस्थाको महापर्व छठको तयारीमा जुटेका छन् । चार दिवसीय छठ पर्व मान्नेहरु अहिले पूजा स्थल बनाउन र प्रसाद सामाग्रि किन्न क्रमशः घाट र हाटमा केन्द्रित भएका छन् ।
जलाशय किनारमा घाट बनाउने र छठ पर्वका पूजा सामाग्रि किन्नेको भिड बढ ेको छ । बजारमा छठ पर्वमा प्रयोग हुने राखिएका समाग्रिले भरिभराउ भएको छ । पूजा सामाग्रिसहित माटोको हाथी, दियो, नाङलो, फलफूल र लत्ताकपडा खरीद गर्नेको पनि भिड बढेको छ ।
छठ पर्व लक्षित गरि सामान राखिएका पसलमा लाग्ने भिड समाल्हन व्यापारीलाई हम्मे पर्न थालेको छ । सप्तरी सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, तुरन्ती, शिव, पुरनी, सहदेव, पुर्ना लगायतका पोखरीमा सरसफाईसँगै छठको पण्डाल र झिलिमिलि झकि झकाउ सजावटको काम पनि चलिरहेको छ ।

भगवती मन्दिर पूजा समितिका अध्यक्ष एवं वडा सदस्य रमानन्द देवका अनुसार विगत वर्षमा जस्तै यस वर्ष पनि भगवती पोखरीमा छठ पूजाको तयारी थालिएको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले श्रद्धालु भक्तजनलाई स्वच्छ वातावरणमा छठ पर्व मनाउन नगरभित्रका सबै पूजा घाट र पोखरीको सरसफाई थालिएको बताइन । उनले नगरपालिकासँग भएका सम्पूर्ण श्रोतसाधन र जनशक्ति परिचालन गरि जलाशयको सरसफाई भइरहेको भन्दै छठ पर्व भव्य र शभ्य रुपमा सम्पन्न होस् भनी शुभकामना पनि व्यक्त गरिन ।
सूर्यको आराधना गरि मनाइने चार दिवसीय छठ पर्व अन्तरगत यस पल्ट कात्तिक २७ गते शुक्रबार नहाय खाय, कात्तिक २८ गते शनिबार खरना, कात्तिक २९ गते आइतबार सझिया घाट तथा कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने तय रहेको चण्डि दुर्गा भगवती मन्दिरका मूल पूजारी पण्डित दुर्गानन्द मिश्रको भनाई छ ।
पूजारीबिनै हुने छठ पर्व गर्नाले आफ्नो परिवार र सन्ततिको सुख, समृद्धि प्राप्त हुने, छाला रोगबाट मुक्ति पाउने तथा इच्छित मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
सम्बन्धित समाचार
बारामा गोली चल्दा पासवान घाइते
फेटा घटनाका घाइते आदित्यलाई थप उपचारका काठमाडौं लगियो
४ दिनदेखि बेपता किशोरी फेसबुकमा देखिएपछि परिवारजन चकित
तीन सदा परिवारको झुपडीमा छैन छठ पर्वको रौनक
सपना अधुरै, मनकुमार बाकसमा फर्किंदै
सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ
भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो
बिस्कोको सकृयता तीन दशक नजिक






