रवि रिझाउन बालेनले साेविता गाैतमलाई बनाए तेस्राे वरीयताकाे मन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम फेरबदल गरेका छन् ।

‎मर्यादाक्रम फेरबदल गरेर ७औँ नम्बरमा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो नम्बरमा बढुवा गरिएको छ । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गरि यस’bout जानकारी गराएकाे हाे ।

‎यसअघि तेस्रो वरीयतामा रहेका शिशिर खनाल चाैथाे स्थानमा पुगेका छन् । चाैथाे वरियताका उर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचाै स्थानमा पुगेका छन् ।

‎गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौंबाट झरेर छैटौं स्थानमा खस्किएको छ । सुनिल लम्साल साताैं स्थानमा पुगेका छन् ।

‎प्रधानमन्त्री बालेनले कार्यसम्पादनका आधारमा साेवितालाई तेस्रो स्थानमा ल्याएको बताइए पनि रास्वपा सभापति रवि लामिछानेलाई रिझाउन क्याविनेटकाे मर्यादाक्रम हेरफेर गरिएको स्राेतले बतायाे ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा