धनगढी । धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्न खरिद गरेका ६ वटा विद्युतीय (ईभी) बस आइपुगेका छन् । टेन्डर प्रक्रियामार्फत खरिद गरिएका बस बिहीबार उपमहानगरपालिकाको कार्यालयमा आइपुगेका हुन् ।
तीन रुटमा चलाइने
उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका गाडी बिहीबार उपमहानगरपालिका कार्यालय परिसरमा ल्याइएका हुन् ।
ग्रामीण क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउने, विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराउने तथा स्थानीय कृषि र घरेलु उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले उपमहानगरपालिकाले विद्युतीय बस सञ्चालन गर्न लागेको हो ।
उपमहानगरपालिकाका अनुसार ती बस तीनवटा रुटमा सञ्चालन गरिनेछन् । पहिलो रुट वनवेहडा–वडा नम्बर १७–देवरिया हुँदै धनगढी बजारसम्म हुनेछ ।
दोस्रो रुट चौमाला–वडा नम्बर १६–१५–कनरी हुँदै धनगढी बजारसम्म र तेस्रो रुट धनगढी–१२ को जुगेडाबाट वडा नम्बर १०, ९ र ८ हुँदै धनगढी बजारसम्म रहनेछ ।
विद्युतीय बस सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका बासिन्दालाई बजारसम्म आवतजावत गर्न सहज हुने उपमहानगरपालिकाको अपेक्षा छ । यसबाट विद्यार्थी, रोजगारीका लागि दैनिक आवतजावत गर्ने नागरिक तथा स्थानीय उत्पादन बजारसम्म पुर्याउने किसान लाभान्वित हुने विश्वास गरिएको छ ।
विद्युतीय बसले ग्रामीण क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनुका साथै वातावरणमैत्री यातायात सेवा विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विद्युतीय गाडी सञ्चालनमार्फत नगरको ग्रामीण क्षेत्रमा वातावरणमैत्री, भरपर्दो र सहज सार्वजनिक यातायात सेवा विस्तार गर्ने उपमहानगरपालिकाको लक्ष्य छ ।
सम्बन्धित समाचार
धनगढीमा चितुवाको छालासहित दुई जना पक्राउ
जाँतको रौनक: शैलेश्वरदेखि कैलपालसम्म विशेष पूजाआजा
बझाङ दुर्घटना अपडेट: एउटै परिवारका चार सदस्यको भीरमा अस्तायो जीवन
सुदूरपश्चिममा बजेट विवाद कायमै
सुदूरपश्चिममा एक महिनामै २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु
धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुने, उपमहानगरले १० लाख अनुदान दिने
रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनमा जोड दिँदै सुदूरपश्चिमको वार्षिक स्वास्थ्य समीक्षा सुरु
आफ्नो समस्या छोरामा पनि देखिएपछि निसर्ग अस्पताल पुगिन् गीता, दुवैको निःशुल्क उपचार






