धनगढी । धनगढीमा स्थानीय खानाका परिकार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने खाना उत्सव (फुड फेस्टिभल) आयोजना हुने भएको छ ।
धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा उक्त फेस्टिभल सञ्चालन हुन लागेको हो । यसका लागि दुवै पक्षबीच औपचारिक सम्झौता भइसकेको छ ।
सम्झौताअनुसार फुड फेस्टिभल सम्पन्न गर्न उपमहानगरपालिकाले होटल व्यवसायी संघलाई १० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराउनेछ । तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवको मिति, समय र स्थान भने आपसी समन्वयमा पछि निर्धारण गरिनेछ ।
स्थानीय परिकारको प्रवर्द्धनका साथै होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन आयोजना हुने फेस्टिभलको व्यवस्थापनमा उपमहानगरपालिकाले आवश्यक समन्वय, सहजीकरण र अनुगमन गर्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)
सम्बन्धित समाचार
गहुँ छर्ने बेला कैलालीका किसानलाई मल जुटाउनै सकस
निर्णयका चाङैचाङ, विकास शून्य
धनगढीको दमकलले भारतको वनगाउँ बजारको आगो निभायो, स्थानीयद्वारा प्रशंसा
सुन तोलामै १२ हजार ६ सय रुपैयाँ घट्यो, कतिमा भइराखेको छ कारोबार ?
धनगढीमा चितुवाको छालासहित दुई जना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बझाङ दुर्घटना अपडेट: एउटै परिवारका चार सदस्यको भीरमा अस्तायो जीवन






