वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

वीरगञ्ज ।  पर्साको वीरगञ्जस्थित क्यासिनोमा अनधिकृत रूपमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि प्रहरीले बिहीबार राति ११ बजेर ५० मिनेटमा छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्र बहादुर मल्लका अनुसार क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा नौ जना नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह रहेका छन्।

त्यस्तै, पर्सागढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गञ्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय विनोद कुमार लोप्चन र काठमाडौंको शंखु नगरपालिकाका ४० वर्षीय राजेश श्रेष्ठ पनि पक्राउ परेका छन्।

नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलक प्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपक राज पराजुली रहेका छन्।

पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले घटना’bout पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

स्रोत नखुलेको १६ लाख रुपैयाँ र ६७ हजार युआनसहित दुई चिनियाँ नागरिक पक्राउ