राजविराज । यहाँका एक समाजसेवी संस्थाले छठपर्व मनाउन जिल्लाका विपन्न परिवारलाई बाँडदै आएको साडी र पुजा सामाग्री वितरण कार्यलाई यसपल्ट पनि निरन्तरता दिएका छन् ।
राजविराज स्थित तराई–मधेश महिला फाउण्डेशन नेपाल नामक संस्थाले यस्तो सराहनिय कार्यलाई निरन्तरता दिएका हुन् ।
यसैक्रममा शुक्रबार लोकआस्थाको महापर्व छठका ५२ जना विपन्न परिवारका व्रतालु महिलाहरुलाई संस्थाद्वारा सांडी र पुजा सामाग्री प्रदान गरिएको छ ।

राजविराज ६ स्थित पुर्णीपोखरी टोलका विपन्न परिवारका ५२ जना व्रतालु महिलालाई उक्त सामाग्री प्रदान गरिएको संस्थाकी अध्यक्ष सुनिता कुमारी साहले जानकारी दिईन् । उक्त संस्थाले छठ पर्वमा यसरी विपन्न परिवारको व्रतालु महिलालाई साडी र पुजा सामाग्री प्रदान गरेको यो ११औं पटक हो ।
अध्यक्ष साहले पर्व मनाउन विपन्न परिवारलाई कठिनाई भईरहेको अवस्थालाई मध्यनजर गर्दै प्रत्येक बर्ष जस्तै यसबर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको र भविष्यमा समेत यसलाई जारी राख्ने प्रतिवद्धता जनाइन् ।
छठ पर्वको पहिलो दिन नहाय–खाय विधिमा सरिक हुन लागेको बेला साडी र पुजा सामाग्री पाउँदा विपन्न परिवारका व्रतालु महिला निकै हर्षित देखिन्थे ।
पर्वका बेला गरिव असहाय लाई मानविय सहायताको दृष्टिले यस्तो सहयोग गर्नु सराहनिय कार्य रहेको भन्दै स्थानियले अन्य संघ संस्था र व्यक्तिले पनि यस तर्फ तत्परता देखाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

सम्बन्धित समाचार
बारामा गोली चल्दा पासवान घाइते
फेटा घटनाका घाइते आदित्यलाई थप उपचारका काठमाडौं लगियो
४ दिनदेखि बेपता किशोरी फेसबुकमा देखिएपछि परिवारजन चकित
तीन सदा परिवारको झुपडीमा छैन छठ पर्वको रौनक
घाट र हाटमा भिडः लोक आस्थाको पर्व छठको बढ्यो चहलपहल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
स्याङ्जामा आलुमा आत्मनिर्भर बनाउन अनुदान






