पोखरा । नेपाली साहित्यका गजलकार दीपक समीपको नयाँ गजल ‘म कैदी प्रेमको…’ म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको गजलको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र नरेन खड्काको फिचर्ड छ । सपोटिप्स रोलमा जीवन खड्कालाई देख्न सकिन्छ ।
दीपा घिमिरे आचार्य निर्माता रहेको गजलको निर्देशन भने मोहनराज अधिकारीले गरेका छन् । यो गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ । यो गीतको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् । सम्पादन माधव बेलबासेको छ ।
गजल सन्ध्या पोखराका पूर्वअध्यक्षसमेत रहेका समीपको रेकर्ड भएको यो दोस्रो गजल हो ।
उनको २०६२ सालमा ‘भूगोलभित्र नकोरिएको देश’ गजलसंग्रह प्रकाशित भएको थियो । लमजुङका दीपक समीप पोखरामा लामो समयदेखि रहेर गजलसहित साहित्यिक क्रियाकलापमा सक्रिय छन् ।
तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)






