काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप ४८२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा ३६५ पुरुष र ११७ महिलामा सङ्क्रमण देखिएको बताए ।
नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ । तीमध्ये पुरुष १२ हजार २७२ र महिला एक हजार ७७४ जना रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या चार हजार ६५६ पुगेको छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)





