दैलेखमा राहतमा कुहिएको चामल वितरण

दैलेखको नारायण नगरपालिका वडा ४ का स्थानीयबासीले सडकमा फालेको कुहिएको चामल । वडाकार्यालय मंगलबार स्थानीयलाई कुहिएको चामल वितरण गरेको थियो ।

दैलेख । जति बेला लकडाउनले हातमुख जोर्न समस्या थियो । त्यतिलेला दिएनन् । ‘आजभोलि लकडाउन खुकुलो भयो, चामल कुहिएपछि हामी सोझा जनतालाई दिए । यो कस्तो अन्धो सरकार हो’, दैलेख नारायण नगरपालिका –४ की अमृता कठायतले आक्रोश पोखिन् ।

गएको मंगलबार वडा कार्यालयले वाडीबासीका विपन्न परिवारलाई कुहिएको दाल, चामल वितरण गरिएको हो । वडा कार्यालयले कुहिएको चामल दिएपछि स्थानीयले सडकमा लिएर फालिदिएका छन् । वडाले वितरण गरेको चामल घरमा लिएर बोरा खोल्दा कुहिएको चामल र दाल भेटिएपछि सडकमै लिएर फालिएको स्थानीयबासीले बताएका छन् । बंगुर समेतले खान नमिल्ने चामल दिएर वडाले वडावासीको स्वास्थ्यमाथि खेलवाड गरेको उनीहरुको आरोप छ । विश्वभरि फैलिएको कोरोनाबाट बच्न सरकारले आफैले सरफाई गर्न सुचना जारी गर्छ अर्कोतिर कुहिएको चामल दिएर जनता मार्न लागेको छ, हस्तबहादुर खड्काले बताए । वडाले वितरण गरेको चामल कुहिएको भेटिएपछि आक्रोशित वडावासीले वडाकार्यालयमा तालावन्दी समेत गरेका छन् ।

गुणस्तरहीन चामल र दाल बाँडेपछि विपन्नले आफूहरुलाई पशुले पनि खान नसक्ने अन्न दिएको भन्दै स्थानीयको वडासरकारप्रति आक्रोश पोखेका थिए । वडा विपन्न प्रतिपरिवारलाई १० देखि १५ केजीसम्म चामल दिएको र तर चामल कुहिएको भेटिएपछि सडकमा फालेको अमृताले बताइन् । हामीलाई लकडाउन बेला खानाको समस्या थियो । आधा पेट खाएरै दिन रात बितायौं । त्यहीबेला चामल पाएनौं । अहिले आएर असारमा कुहिएको चामल दियो’, हस्तबहादुर भने । वडा कार्यालयले खानै नमिल्ने ढुसी परेको चामल दिएको उनले बताए ।

वडाले कुहिएको चामल वितरण गरेको भन्दै आन्दोलनमा उत्रेका दैलेख नारायण नगरपालिका ४ का स्थानीयबासी ।

कुहिएको चामल फिर्ता गरेर नयाँ चामल दिन्छौः वडाअध्यक्ष
वडावासीले कुहिएको चामल वितरण गरेको भन्दै वडाले वितरण गरेको चामल स्थानीय बासीले सडकमा फालेका छन् । नगरपालिकाले गत जेठमा टेन्डर प्रक्रियामार्फत चामल खरिद गरी केही समय नगरपालिकाको गोदाममा राखेर वडामा पठाएपछि आफूहरुले सोही चामल वितरण गरेको वडाध्यक्ष वीरबहादुर कटुवालले बताए ।

‘हामीले बोरा खोलेर हेरेनौं, वडामा ५ सय ४३ घरधुरी छ, नगरपालिकाले २ सय १३ बोरा चामल पठायो,’वडाध्यक्ष कटुवालले भने, ’दुई परिवारलाई एक बोरो चामल दिने सर्बदलीय बैठकको निणर्यमा टेकेर वितरण गरेका हौं ।’ केही घरधुरीका लागि वितरण गरिएको राहतको चामलमा यस्तो समस्या भेटिएको वडाध्यक्ष कटुवालको भनाइ छ । ’समस्या समाधानका लागि नगरपालिकामा पहल थालेको छु, । ’कुहिएको चामल फिर्ता गरेर नयाँ चामल दिन्छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका