पहिरामा हराएका बालकको खोजी जारी

सांकेतिक तस्बिर

दार्चुला । महाकाली नगरपालिका–२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ ।

नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरामा पुरिएका थिए । शुक्रबार पहिरामा पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।

सडकमाथिबाट खसेको पहिरामा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पदमबहादुर विष्टले बताए । सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन् । ‘पहिरो निकै ठूलो आएको छ । कुन ठाउँमा बालक फसेको भन्ने एकिन भएको छैन्’, उनले भने ।

शुक्रबार अबेरसम्म खोजी कार्य गर्दा फेला नपारेको प्रहरीले जनाएको छ । आज पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालकको खोजी कार्य जारी राखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?