सुनको मूल्य अकासिने क्रम जारी, प्रतितोला ९६ हजार ३ सय

काठमाडौं । सुनको मूल्य प्रतिदिन अकासिने क्रम जारी रहेको छ । साताको पहिलो दिनमा आइतबार प्रतितोला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ५ सय रुपैयाँ बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको हो । प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा स्थानीय बजारमा पनि सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साउनयता मात्र प्रतितोला सुनको मूल्य ४ हजार २ सय रुपैयाँ बढेको छ । १ साउनमा प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन ११ साउनमा आइपुग्दा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोे छ ।

अर्थविद डा.चन्द्रमर्णी अधिकारीले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा पारेको असर र अमेरिका र चीनबीच भएको व्यापारिक युद्धका कारणले पनि सुनको मूल्यवृद्धि भएको बताए । कोरोना असरको अमेरिका र चीनबीच व्यापारिक युद्धले लगानीकर्ताले सुन लगानी गर्न थालेपछि सुनको मूल्य वृद्धि हुँदै गएको छ । अर्थविद् डा. अधिकारीले भने, ‘विश्वको अर्थतन्त्र कोरोनाले थला नै पारेकोे छ ।

कोरोना भाइरस नियन्त्रण गर्न धेरै मुलुकले लामो समयसम्म लकडाउन गर्दा विश्व अर्थबजार निरन्तरता पाएन र अन्य क्षेत्र लगानीका लगानी असुरक्षित देखेपछि लगानीकर्ताले सुनमा लगानी गर्न थालेका छन् । सुनमा नै बढी लगानी बढ्दा विश्व बजारमा नै सुनको मूल्य बढ्दै गएको हो,’ उनले भने, ‘अमेरिका र चीनबीच व्यापारिक युद्ध सुरु भएपछि तेलमा लगानी घटेको छ ।

यता सुनमा लगानी बढेको छ । त्यसैकारणले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको हो । अन्तर्राष्ट्रि बजारको प्रतक्ष असर स्थानीय बजारमा परेको छ ।’ अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १८ सय बढी अमेरिकी डलर पुगेको छ ।’ अझै बढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिआंैस २ हजारदेखि २२ सय अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा २ हजार २२ सय डलर पुग्दा यहाँ प्रतितोला सुन १ लाख रुपैयाँभन्दा बढी पुग्ने अर्थविद् अधिकारीले बताए ।

महासंघका अनुसार २०७६ सालको सुरुवातमा ७५ हजारदेखि ७७ हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । सरकारले १० चैतदेखि लकडाउनको घोषणा गरेपछि महासंघले १० चैतदेखि मूल्य तोकेको थिएन । महासंघले २५ जेठ मा पुनः मूल्य निर्धारण गरेको थियो । बजार खुलेलगत्तै महासंघले प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पु¥याएको थियो । दुई महिना नपुग्दै प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार मात्र प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिन प्रतितोल ५ सय बढेर ९६ हजार ३ सयमा कोरोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?