पिसीआर परीक्षणको नतिजा २४ घण्टा वेबसाईटमा हेर्न नमिल्ने

काठमाडौं । पिसीआर परीक्षणको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेब साईटबाटै प्रिन्ट गर्ने व्यवस्था एक दिनको लागि स्थगित भएको जनाएको छ ।

प्राविधिक कारण एक दिनको लागि वेब साईटबाटै स्वावको नतिजा प्रीन्ट गर्ने व्यवस्था स्थगित भएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

प्रयोगशालाले बुधवार जारी गरेको सूचनामा भनिएको छ, ‘प्रयोगशालाको वेबसाईटबाट प्रिन्ट गर्नसक्ने गरी यूजर नेम र पासवर्ड सम्वन्धित स्वाबको नमुना दिने व्यक्ति तथा सम्पर्क व्यक्तिको मोवाईलमा जाने गरेकोमा हाल प्राविधिक कारणवश २४ घण्टाको लागि स्थगित गरीएको जानकारी गराउँछौं ।’

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी