जुम्लाका सिडियो कोरोनामुक्त

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भूपेन्द्र थापा कोरोना मुक्त भएका छन् । आइसोलेसनमा बसेको १० दिन पछि बिहिबार प्रजिअ थापाको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

भदौ १३ गतकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा प्रजिअ थापासहित ६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । ‘करीब १० दिनको आईसोलेशन बसाइँ पछि पिसिआर परीक्षण नेगेटिभ आएको छ। कोरोनाको कुनै उपचार नभएको बेला माया, हौसला सहानुभूति र शिघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छानै कोराना सँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गर्यो ।’ उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् ।

यसैबिच जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिकाका ३८ जनासहित जिल्लाका ४२ जना कोरोना संक्रमित निको नभएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमितको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ४२ जना घर फर्किएका हुन् । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार आइसोलेसनमा रहेका संक्रमितको स्वाब संकलन गरी पुनः परीक्षण गर्दा विहिबार रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर