किन बनेन जमलमा राष्ट्रिय पुस्तकालय ?

औं पुस्तकालय दिवस मनाइरहँदा राष्ट्रिय पुस्तकालयप्रतिको चासो र चिन्ता बढिरहेको छ । देशभित्र र देशको ’boutमा प्रदेशबाट समेत प्रकाशित सामग्री देशका बौद्धिक सम्पत्ति हुन् । यिनीहरूको संरक्षण गरी अभिलेखको रूपमा राख्नु राज्यको दायित्व हो । यही दायित्वबोध गरी सर्वप्रथम फ्रान्सले १३६८ मा बिब्लियोथेक नेस्योनाले नामको आफ्नो राष्ट्रिय पुस्तकालय स्थापना ग¥यो । संसारभर त्यसको अनुशरण गरियो । नेपालमा पण्डित हेमराज पाण्डेको व्यक्तिगत संकलनबाट सरकारले २०१३ सालमा नेपाल राष्ट्रिय पुस्तकालय स्थापना ग¥यो । पछिल्लो समयमा सरकार पुस्तकालयको विकास र विस्तारमा उदासीन देखिएको अनुभूति भइरहेको छ । ५ साउन २०७७ को मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्रिय पुस्तकालय भवन निर्माणकाको काम नगर्नु÷नगराउनु भन्ने निर्णयले सम्पूर्ण पुस्तकालयप्रेमी नेपालीको हृदयमा गहिरो चोट पुगेको छ ।

२८ असोज २०७५ को मन्त्रिपरिषद्को निर्णयले काठमाडौंको मुटु जमलमा रहेको करिब ८ रोपनी जग्गा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माणको लागि उपलब्ध गराएको थियो । उक्त स्थानमा देशले गर्व सकिने नेपाली कला, संस्कृति र परम्परा झल्किने गरी प्रविधियुक्त आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न स्वीकृति प्रदान गरेको थियो । फेरि त्यही सरकारको मन्त्रिपरिषद्ले रोक्का गर्नुको कारण के हो ? बुझ्न सकिएको छैन । शंका लाग्छ यहाँ पनि बिचौलियाको आँखा लागेको त होइन ? सुनिन्छ, उक्त स्थानमा २५ तलाको व्यापारिक भवन बनाउन साम, दाम, दण्ड र भेदको समेत उपयोग हुँदै छ ।

२०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले राष्ट्रिय पुस्तकालयको महŒव बुझेर नै पण्डित हेमराज पाण्डेको व्यक्तिगत संकलन खरिद गरेर नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना सिंहदरबारभित्रै गरेका थिए । २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि सिंहदरबारबाट हरिहरभवनको केही ठाउँमा नेपाल राष्ट्रिय पुस्तकालय सारियो । सिंहदरबार जहाँ नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र र धेरै कार्यालय भएको ठाउँमा राष्ट्रिय पुस्तकालयको उपयोग प्रत्यक्ष रूपमा नीति निर्माण तहमा गर्न गराउन सकिन्थ्यो । सोही स्थानमा छुट्टै भवन निर्माण गरी राख्नुको सट्टा हरिहर भवनको सीमित कोठामा कोचेर राखियो । यसबाट पनि थाहा पाइन्छ कि पञ्चायती व्यवस्थाको पुस्तकालयप्रति कस्तो धारणा थियो भन्ने ।

२०४६ मा बहुदलीय शासन व्यवस्था आयो सबै खुसी भए । आफ्नो छुट्टै अस्तित्व र स्वामित्व भएको नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माणका लागि जग्गाको खोजी भयो । तत्कालीन शिक्षामन्त्री योगप्रसाद उपाध्यायले जमलको जग्गा उपलब्ध गराउने वचन दिनुभयो जो वचनमै मात्र सीमित भयो । सन् १९९२ मा नेपाल राष्ट्रिय पुस्तकालयको अनुरोधमा युनेस्कोबाट नेपाल राष्ट्रिय पुस्तकालयको पुर्नगठनका लागि परामर्श दाता पठायो । परामर्श दाताको टोलीले पनि भवनको अति आवश्यकता भएको कुरा प्रतिवेदनमा उल्लेख ग¥यो । पछि युनेस्कोको पहलमा डानिडाले नेपाल राष्ट्रिय पुस्तकालयको आधुनिकीकरण गर्न पाँच वर्षे परियोजना ल्यायो । नेपाल राष्ट्रिय पुस्तकालयलाई आधुनिकीरण गर्न यो परियोजनाले ठूलो मद्दत ग-यो ।

सिंहदरबारको वरिपरि जमल तथा सहरको बीचमा कम्तीमा ८ देखि १० रोपनी जग्गा उपलब्ध भए मात्र राष्ट्रिय पुस्तकालय भवन बनाउने कुरा आएपछि त्यत्तिकै सेलाएको थियो

यदि नेपाल सरकारले त्यतिबेलै जग्गा उपलब्ध गराइदिएको खण्डमा युनेस्को र डानिडा भवन बनाउन इच्छुक भएको जानकारी पाएपछि नेपाल राष्ट्रिय पुस्तकालय जग्गाको खोजीमा लाग्यो । धेरै ठाउमा जग्गाको खोजी कार्य भयो । अन्तमा, पुरातŒव विभागको अगाडि स्वास्थ्य मन्त्रालयसँगै रहेको खाद्य संस्थानको जमिनमा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्न दिने भनेर तत्कालीन आवास तथा भौतिक मन्त्रालयले मन्त्रिस्तरीय निर्णय ग¥यो । तर, खाद्य संस्थानले १४ करोड मूल्य तोकी जग्गा किनेर मात्र भवन निर्माण गर्न दिने निर्णय ग¥यो । तैपनि बजेटको व्यवस्थाका लागि धेरै पहल गरियो तर सफल हुन सकिएन ।

अन्तमा, शिक्षा मन्त्रालयको सानोठिमीस्थित जग्गा उपलब्ध गराउन सकिने भनिएकाले युनेस्कोको प्रतिनिधि डेलिया टोरिडो, डेनिडाको परियोजना प्रमुख सुसान अर्नागर र लेखक स्वयंसमेत सानोठिमीको जग्गा हेर्न पुगेको थियो । उक्त स्थान सहरबाट अलि टाढा, ’round सबै सरकारी भवनहरू भएको र पातलो बस्तीमा जनतालाइ पायक नपर्ने देखेपछि नेपाल राष्ट्रिय पुस्तकालयको भवनको उपयुक्त स्थान नभएको बताएको थियो । उक्त टोलीले यदि सिंंहदरबारको वरिपरि, जमल र सहरको बीच कम्तीमा ८ देखि १० रोपनी जग्गा उपलब्ध गराउने भए मात्रै भवन बनाउने भनेपछि जग्गा उपलब्ध गराउन नसकेको कारणबाट त्यत्तिकै सेलाएर गएको थियो । देशको शासन व्यवस्था राणा, पञ्चायत, बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भयो । तर, नेपाल राष्ट्रिय पुस्तकालयको अवस्था सुध्रन सकेन ।

२०७२ को विनाशकारी भूकम्पमा नेपालमा धेरै धनजनको क्षति भयो । नेपाल राष्ट्रिय पुस्तकालय रहेको हरिहर भवन पनि भत्कियो । त्यहाँ रहेका अमूल्य ग्रन्थहरू पनि गोदाममा थन्किन पुगे । भूकम्पको पाँच वर्ष पूरा हुँदा पनि पुस्तक गेदाममै रहेका छन् । यसबीचमा पुनः नेपाल राष्ट्रिय पुस्तकालयको जग्गा खोज्ने काम भयो । अन्तमा जमलको जग्गा मन्त्रिपरिषद्ले दिने निर्णय भएसँगै नेपाल राष्ट्रिय पुस्तकालयको नाममा लालपुर्जा लिनेदेखि नक्सा तयार पार्ने काम, पुरानो भवन भत्काउने कार्य थालेको थियो । भवन निर्माणको लागि टेन्डर कल गर्ने अघिल्लो दिन निर्माण कार्य नगर्नु-नगराउनु भन्ने मन्त्रिपरिषद्को निर्णयले वांमय जगत्मा निराशा छाएको छ ।

राष्ट्रिय पुस्तकालय देशको गौरव हो । यसले देशको अमूल्य संस्कृति र सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गरेको हुन्छ । त्यसैले, प्रत्येक देशको पहिचानका लागि राष्ट्रिय पुस्तकालय देशको राजधानीमा सबैको पायक पर्ने ठाउँमा निर्माण गरेको हुन्छ । हामीभन्दा धेरै पछिको बंगलादेशले पनि राजधानी ढाकामा भव्य राष्ट्रिय पुस्तकालय आफ्नो छुट्टै भवनमा सञ्चालन गरेको छ । भुटान, माल्दिभ्समा पनि राष्ट्रिय पुस्तकालय देशको गौरवको रूपमा रहेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको पुरानो नक्सा खोज्न अमेरिकाको लाइब्रेरी अफ कंग्रेस, बेलायतको ब्रिटिस म्युजियम र चीनको राष्ट्रिय पुस्तकालय धाउनुपरेको तीतो यर्थाथ आफ्नो लेखमा उल्लेख गरेका छन् । देशमै सुव्यवस्थित राष्ट्रिय पुस्तकालय बनाउन राज्यले सकेको भए यो अवस्था आउने थिएन । खै सरकारले सोचेको ?

राष्ट्रिय पुस्तकालयको पहिलो दायित्व हो देशभित्रका प्रकाशन अनिवार्य राष्ट्रिय पुस्तकालयमा हुनुपर्दछ । जोकोहीलाई आवश्यक परेको बेला उपलब्ध गराउन सक्नुपर्दछ । साथै, देशसँग सम्बन्धित देशबाहिर प्रकाशन गरेको पनि राष्ट्रिय पुस्तकालयमा संकलन गर्नुपर्दछ । यी संकलन भावी पुस्ताका लागि संरक्षण गरिराखिएको हुन्छ । प्रायः राष्ट्रिय पुस्तकालयले आफ्नो भवनमा हावापानी, धुलाधुवा, कीरा, आगो नबिगारोस् भनी राष्ट्रका महŒवपूर्ण प्रकाशन ५ सयदेखि हजार वर्षसम्म पनि सुरक्षित राखेको हुन्छ ।

जमलमा नै भव्य नेपाली मौलिक कला, संस्कृति झल्किने राष्ट्रिय पुस्तकालय भवन बन्ने भयो भनेर सबै नेपाली खुसी थिए । एक्कासि मन्त्रिपरिषद्को निर्णयले समस्त नेपाली तथा सबै पुस्तकालय प्रेमीलाई स्तब्ध भयो । जमलमा नै राष्ट्रिय पुस्तकालय भवन बन्नुपर्दछ भनेर विभिन्न संघ-संस्थाले ऐक्यबद्धता जनाउँदै विज्ञप्ति प्रकाशन गरेका छन् । बुद्धिजीवीले लेख, सर्वसाधारणका आक्रोश राष्ट्रिय दैनिक पत्रिकामा र सामाजिक सञ्जालमा भरिएको छ भने आक्रोश, लेख तथा विचार आउनेक्रम निरन्तर भइरहेको छ ।

जमल राजधानीको केन्द्रबिन्दु, यातायातको सुविधा, बालक, वृद्ध, महिला, अपांग सबैको सजिलै पहँुच पुग्ने ठाउँ हो । टुँडिखेल, रत्नापार्कमा घुम्दाघुम्दै एकछिन थकाइ मार्ने ठाउँ हो, यस्तो स्थान राष्ट्रिय पुस्तकालयको लागि अति उत्तम हुन्छ । बृहत् टुँडिखेल योजना बन्यो भने झन् योजनाको गरिमा बढ्ने स्थान हो । यस्तो केन्द्रबिन्दुमा नेपाल राष्ट्रिय पुस्तकालय किन नबन्ने ? मन्त्रिपरिषद्बाट जनताको आवाजलाई कदर गर्दै यथाशीघ्र रोक्का गरिएको भवन निर्माणको कामलाई निरन्तरता दिन समस्त नेपाली जनता र पुस्तकालयकर्मी सरकारसमक्ष विनम्र अनुरोध गर्दछौं । देशको गौरव राष्ट्रिय पुस्तकालय छिट्टै बनोस् ।
(लेखक डिल्लीरमण कल्याणी स्मारक पुस्तकालयका सदस्यसचिव हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 442 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु