आकाशको जन्म दिनमा सियोनालाई उपचार सहयोग

काठमाडौं । अभिनेता आकाश श्रेष्ठले १३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि १ लाख १७ हजार रुपैयाँ प्रदान गरेका छन् । ‘पूजा आकाश फ्यान क्लब’का सदस्यहरूले संकलन गरेको यो रकम अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले सियोनाको अभिभावकलाई हस्तान्तरण गरेका हुन् । सियोनाको उपचारका लागि २५ करोड रुपैयाँ आवश्यक पर्छ ।

प्रशंसकहरूले अभिनेता आकाश श्रेष्ठको जन्मदिनको अवसरमा विशेष कार्यक्रम काठमाडौंमा आयोजना गरे । सोही कार्यक्रममा उनीहरूले आकाशलाई केक काट्न लगाएर विभिन्न उपहार प्रदान गर्दै यी अभिनेताको जन्म दिन मनाए । सो क्रममा यी अभिनेतालाई प्रशंसकहरूले एक तोलाको सुनको सिक्री पनि लगाइदिए ।

सोही कार्यक्रममा प्रशंसकहरूले बेबारिसे लास व्यवस्थापनका लागि पूजा र आकाशमार्फत पवित्रा लामालाई ४५ हजार रुपैयाँ पनि सहयोग प्रदान गरे । सो क्रममा सबै प्रशंसकहरूलाई धन्यवाद ज्ञापन गर्दा अभिनेता आकाश भावुक भएका थिए । भव्यसँग आफ्नो जन्मदिन मनाइदिएकोमा उनले धन्यवाद ज्ञापन पनि गरे ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३