ट्रकको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

महेन्द्रनगर । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ ।

बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरमा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु भएको हो । पश्चिम महेन्द्रनगर बजारबाट पूर्वतर्फ गइरहेको से १ च १४०६ नम्बरको ट्रकले लु १२ प ५१५ नम्बरको मोटरसाइकलमा सवार प्रहरी हवल्दार बिष्टलाई ठक्कर दिँदा हवल्दार बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शुक्लाफांटा नगरपालिकाको झलारीस्थित घरबाट कार्यरत प्रहरी चौकी दोधाराचादँनी झुलुङ्गे पुल जाने क्रममा आइतबार दिउँसो प्रहरी हवल्दार बिष्टलाई टक्कर दिएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता