धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् ।

गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या अभियोगमा ४० वर्षीय छोरा भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका ८ धापेस्थित खेतमा धान झाट्ने क्रममा बाबु छोराविच झगडा हुँदा भुवनले बुबा तुलारामलाई लाठीले हानेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले भुवनलाई पक्राउ गरेपछि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा एकै दिन श्रीमान–श्रीमतिको निधनले गाउँ शोकमा