दैलेख । कालिज मार्न जंगल गएका एक युवाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा महाबु गाउँपालिका –२ घोगेपाटाका २४ बर्षीय लोकबहादुर बुढा हुन् ।
शनिवार बेलुका कालिज मार्नको लागि जंगल गएका बुढा लडेर घाईते भएका थिए । घाइतेलाई उपचारको लागि स्वास्थ्य सेवा कार्यालय दैलेख लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दैलेखको भगवतीमाई गाउँपालिका,नौमुले गाउँपालिका महाबु गाउँपालिका र भैरवी गाउँपालिका, ठाटीकाँध गाउँपालिकामा र आठविस नगरपालिकामा सबै भन्दा बढी जंगल जनावर कालिजको शिकार गर्ने गरिन्छ ।
तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)






