स्पेनिस ला लिगाः एथलेटिको शीर्ष स्थानमा

मड्रिड । स्पेनिस ला लिगा फुटबलमा एथलेटिको मड्रिड लिग अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा डिर्पोटिभो आलाभेजलाई २–१ ले हराउँदै एथलेटिकाले शीर्ष स्थानमा रियाल मड्रिडलाई प्रतिस्थापन गरेको हो ।

खेलमा एथलेटिकालाई विजयी गराउन मार्कस लोरेन्ते र लुइस सुवारेजले १–१ गोल गरे । जितसँगै एथ्लेटिकोले १५ खेलबाट ३८ अंक बनायो । १७ खेलबाट रियाल मड्रिडको ३६ अंक छ । गएराति भएको अर्को खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले हराएको छ ।

खेलमा बार्सालाई विजयी गराउन फ्रेङ्की डि योङले निर्णायक गोल गरे । जितसँगै १६ खेलबाट २८ अंक जोडेको बार्सिलोना तालिकाको पाँचौ स्थानमा यथावत छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल