सशस्त्र प्रहरीद्धारा कटुवा पेस्तोल सहित दुई राउण्ड गोली बरामद


सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने दुई राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।

नगरपाििलकाको वडा नंं, ५ स्थित बेल्वा फुलबरिया टोलको दशगजा नजिकै भारत बाट नेपाल तर्फ आउँदै गरेको एक पैदल यात्री सशस्त्र प्रहरीलाई देख्न साथ हातमा लिएको हाते झोला फाली फरार भएपछि झोला चेक गर्ने क्रममा कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नं, गण हेडक्वाटर कविलासीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार सिंहले जानकारी दिनुभएको छ ।

बरामद गरीएको पेस्तोेल र गोली आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल १० नं गण हेडक्वाटर सर्लाहीका गणपति तथा प्रहरी उपरीक्षक बिनोद राज श्रेष्ठले जानकारी दिनुभयो

तपाइको प्रतिक्रिया
(Visited 430 times, 1 visits today)

epaper

ताजा समाचार

नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक