आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ । यसैको तयारीका लागि प्रधानमन्त्री ओलीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरिसकेका छन् ।

सर्वोच्च अदालतले संसद पुनःस्र्थापना गरेपछि राजनीतिक माहोल आफूतिर उर्लेको निष्कर्ष नेकपा ओली समूहले निकालेको छ । राजनीतिक माहोल आफूसँग भएका बेला संसदको अधिवेशन आह्वान गर्न ढिलो गर्न नहुने निष्कर्ष उनीहरूले निकालेका छन् । यही निष्कर्षसहित मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बाेलाउन लागिएकाे राजनीतिक वृत्तमा चर्चा छ ।

सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन भनेको थियो । ओली समूहको बुधवार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णयसमेत गरिसकेको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र विहीबार बस्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासी मोर्चाका महासचिवसहित चारजना पक्राउ