बनमा लागेको डढेलो बस्तीमा पुग्यो, चार घर जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । विहिबार वेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) का चार घर जलेका हुन् ।

आगालागीबाट हतुवागढी गाउँपालिका वार्ड नं. ८ का अर्जुन राई, कञ्चन राई, भिमबहादुर राई, शान्तकुमारी राईको घर र कालिबहादुर राईको गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सुख्खा मौससमा मालढुंगा सामुदायिक बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीले जनाएको छ । आगलागीबाट चार वटा घर र गोठ जलेर पूर्ण नष्ट भएका र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?