लन्डन । विश्वकप छनोट फुटबलअन्तर्गत युरोपेली समूहका खेलहरुमा पोर्चुगल, बेिल्जयम, नेदरल्याण्ड्स र क्रोएसिया विजयी भएका छन् । बुधबार बिहान लक्जेम्बर्गमा भएको खेलमा भ्रमणकारी टोली पोर्चुगल ३–१ ले विजयी भयो । यही समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई २–१ ले पराजित गयो ।
विश्वकप फुटबल छनौट युरोपेली समुह ‘इ’ को खेलमा बेल्जियमले बेलारुसलाई ८–० को फराकिलो अन्तरमा हराउँदा वेल्सले चेक रिपब्लिकमाथि १–० को जित निकाल्यो । समूह ‘जी’ को खेलमा नेदरल्याण्ड्सले जिब्रल्टारलाई ७–० ले पाखा लगाउँदा नर्वेले मोन्टेनेग्रोलाई १–० ले हरायो ।
यही समूहको अर्को खेलमा टर्की र लात्भियाले ३–३ गोलको बराबरी खेलेका छन् । यसैगरी समुह एच को खेलमा क्रोएसियाले माल्टालाई ३–० ले हराउँदा स्लोभाकियाले रुसलाई २–१ ले तथा साइप्रसले स्लोभेनियालाई १–० ले पाखा लगायो ।
तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)






