सेयर बजारमा नयाँ उत्साह, २० अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ वर्षलाई नेपाली सेयर बजारले सकारात्म सन्देश दिएको छ । नेप्से सूचकका साथमा कारोबार रकम समेत बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । नयाँ वर्ष २०७८ को पहिलो दिनको कारोबारमा बैंकिङ समूहका लगानीकर्ता उत्साही भए । फाइनान्स, इन्भेष्टमेन्ट लगायतका समूहमा पनि राम्रो वृद्धि भएको छ ।

नेप्से सूचक २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा आइपुगेको छ । दोहोरो अंकले बढेको बजारलाई ८ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको कारोबार रकमले थप उत्साहित बनाएको छ । २१८ कम्पनीको १ करोड ९० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकममा एनआइसी एसिया लघुवित्त ४९ करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा आइपुगेको छ । दोस्रोमा दोस्रोमा निफ्रा र तेस्रोमा एनआइसी एसिया बैंक रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता