कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

कांग्रेस पदाधिकारी बैठकको फाइल फोटो ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको छ ।

कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव आफैं नल्याउने, प्रतिनिधि सभामा विश्वास मत पनि नदिने र उनलाई ‘फेल’ गराएर आफ्नै नेतृत्वमा ‘वैकल्पिक सरकार बनाउने’ र आफ्नै नेतृत्वमा देशलाई चुनावमा लैजाने रणनीति बनाएको हो ।

कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले ‘लोकतान्त्रिक मूल्यविपरीत सरकारले काम गरिरहेकाले ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको’ बैठकमा बताए । ‘ओलीको विकल्प खोज्ने हो, पार्टीले नै निर्णय गरिसक्यो, विश्वासको मत नदिने, फेल गराउने हो,’ बैठकमा धारणा राख्दै देउवाले भने ।

सांसदलाई पछिल्लो राजनीतिक अवस्था’bout ‘ब्रिफिङ’ गर्दै देउवाले कानुनविद् र अन्य दलसँग छलफल गरेर आवश्यक कदम चाल्नेसमेत बताएका छन् ।

‘संविधानले परिकल्पना गरेको सबै कोर्स पूरा नभई प्रधानमन्त्रीले निर्वाचन गर्न सक्दैन,’ देउवाले भने, ‘सबै कोर्ष पूरा गर्दा कांग्रेसले सरकारमाथि दावा गर्नेछ ।’ बैठकमा प्रधानमन्त्री ओलीका गलत कदमपछाडि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत साथ दि“दै आएको भन्दै उनले आपत्ति नै जनाए ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने विषयमा बैठकले निर्णय गरेको जानकारी दिए ।

‘पार्टीले केन्द्रीय समिति बैठकबाटै सरकार चलाउन प्रधानमन्त्री ओली पूर्णअसफल भएको भनिसकेको छ,’ कांग्रेस प्रमुख सचेतक खाँडले राजधानीसँग भने, ‘केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने भनिसकेकाले सोही निर्णय नै संसदीय दलले अनुमोदन गरेको छ ।’

बैठकले भोलि सोमबार प्रधानमन्त्री ओलीले संसद्मा विश्वास मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा विशेष अधिवेशन बोलाइएको अवस्थामा ‘विश्वास मत नदिने र उनलाई असफल बनाउने निर्णय गरेको’ खाँडले जानकारी दिए ।

यसका लागि अन्य विपक्षी दललाई समेत विश्वास मत नदिन आग्रह गर्ने नीति कांग्रेसले लिएको छ । संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्ने’bout प्रतिपक्षी दलसँगको संवाद कांग्रेसले तीव्र बनाउँदै आएको छ ।

कांग्रेसपछिको अर्को विपक्षी दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने जसपामासमेत प्रधानमन्त्रीलाई सघाउने पक्षमा मतैक्यता छैन । सत्ताधारी एमालेकै माधव नेपाल समूहसमेत प्रधानमन्त्री ओलीको पक्षमा छैन ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु