बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

सांकेतिक तस्बिर ।

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ ।

भिम बहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा लगेर जबरजस्ती गरेका थिए । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैविच नौ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा वीरगंज महानगरपालिका–२० हरपतगंज बस्ने २२ वर्षीय सरोज चौरसियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खेल्दै गरेको बालिकालाई धान दिन्छु भन्दै आफ्नै घरमा बोलाई भर्र्याङमुनी लगेर सरोजले यौन दुर्व्यवहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी माथी बाल यौन दुर्व्यवहार सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 940 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु