इटहरीमा निजी स्तरबाट तयार भएको ८० बेडको आइसोलेसन सञ्चालनमा

 

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको सभाहलमा निजी स्तरबाट तयार भएको आइसोलेसन सञ्चालनमा आएको छ ।

मंगलबार इटहरीका मेयर द्धारिकलाल चौधरीले आइसोलेसनको शुभारम्भ गरेका छन् । उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वमा नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीको समन्वयमा ८० बेडको आइसोलेसन सञ्चालनमा आएको उवासंघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए । उनका अनुसार ४० बेडमा भने अक्सिजन रहेको छ ।

इटहरी निजी क्षेत्रको पहलमा पहिलोपटक सुविधासम्पन्न आइसोलेसन सञ्चालन हुनु सकारात्मक रहेको मेयर द्धारिकलाल चौधरीले बताए । आइसोलेसनमा दुईजना डक्टर र छ जना नर्सले कोभिडका बिरामीको रेखदेख गर्नेछन् भने दश जना सुरक्षाकर्मी परिचालित छन् । इटहरीका विपन्न परिवारका लागि लक्षित गरी आइसोलेसन सञ्चालन गरिएको हो । इटहरीमा कोरोना संक्रमितको संख्या भयावह बन्दै गएकाले आइसोलेसन सञ्चालन गरिएका मारवाडी सेवा समिति इटहरीका अध्यक्ष मुकेश अग्रवालले बताए ।

स्थानीय तहले निर्माण गरेका कतिपय आइसोलेसनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेको समयमा यहाँको आइसोलेसनमा बस्ने मानिसहरुलाई भने निःशुल्क खाना, बस्नको व्यवस्था रहेको छ । यसका साथै विभिन्न खेलकुदका सामाग्री, पुस्तक, उच्चगतिको इन्टरनेट र टेलिभजनको सुविधा समेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । त्यस्तै, निःशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल सँगको सहकार्यमा ७ सय ५० रुपैँयामा पीसीआर जांचगर्ने सुविधा समेत रहेको अधिकारीले बताए ।

यसअघि इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ । गतवर्ष एक सय शैया क्षमता संचालित यो आइसोलेसनमा यसवर्ष भने ५० शैयामा सीमित गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता