काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग गरि प्रिमियम टेक्नाेलाेजी प्रालीले आफ्नो प्रिमियस सिबिएसमा गरेको यो नयाँ प्रयोग संगै अब प्रिमियस सिबिएसमा चलाउने सहकारी संस्थाका सदस्यहरूले अनलाईनबाटै नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम केवाइएम विवरणहरू अपडेट गर्न सक्ने भएका छन् ।
वेभसाइट र माेबाइल एप मार्फत अनलाइन नयाँ सदस्य खाता खोल्ने तथा खाता खोलिसकेका सदस्यहरूले पनि यो प्रबिधि प्रयोग गरेर आफ्नो केवाइएम विवरणहरू सजिलै अपडेट गर्न सक्ने भएका छन् ।
सहकारी क्षेत्रमै पहिलो पटक अनलाईनबाटै खाता खोलि रियल टाइम खाता नम्बर प्राप्त गर्न सकिने यो सुबिधा झापा बिर्तामोड स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले सुभारम्भ गरेको हो । लकडाउनमा सदस्यहरुले प्रविधिको प्रयोग बढाएसँगै १० वर्षदेखि सञ्चालनमा रहेको शिखर साकोसले समय सापेक्ष प्रविधिमैत्री व्यवस्था गरी घरबाटै सदस्य बन्न सकिने प्रविधिको प्रयोग सफलतापुर्बक सुरुवात गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।
विगत ६ वर्षदेखि काठमाडौँस्थित प्रिमियम टेक्नोलोजीको प्रिमियम कोर बैंकिङ सलुसन नेपालभर ३०० भन्दा बढी सहकारी संस्थाहरुले प्रयोग गर्दै आएको छ र अब यो सुबिधा नि: शुल्क सबै सहकारीले प्रयोग गर्न सक्ने संस्थापक मोहन बनको भनाइ छ । साथै बिगत आधा दसक देखि संस्थाले वेब बेस्ड सफ्टवेर, अफलाईन तथा अनलाईन क्लाउड बैंकिंग, एस.एम.एस बैंकिंग, मोवाईल बैंकिंग, ट्याब्लेट बैंकिंग कलेक्टर एप, रियल टाइम बैंक ट्रान्सफर, एटिम बैंकिंग, लगायतको डिजिटल सुबिधा उपलब्ध गराउदै आएको छ ।






