काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् ।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर १ वैशाखदेखि सुरु परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवा विस्तार गरी अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् ।
रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं वाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यसहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गर्नेमा काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका छन् । यसमा साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर लगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानबाट नागरिकका लागि प्रत्याभूत आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवा थप विकास र विस्तार गर्दै लगिएको बताइन् । उनका अनुसार परीक्षण कालमा अभ्यास गरिएको २ वटा रुटमा ४ वटा बस थपिएको छ ।
७ वटा गाडीलाई ३० वटा पुर्याइएको छ । ४ नगरपालिकाको सहकार्यमा ९ पुगेको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उपत्यकावासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालन योजना आउनुपर्नेमा नआएपछि स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालिएको जानकारी दिए ।
सम्बन्धित समाचार
बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको ९ करोड २५ लाख सहयोग
टंगालको भाटभटेनी असोज ५ देखि पुनः सञ्चालनमा आउने
बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी
अवरुद्ध कर्णाली राजमार्ग ५ बजेसम्म खुल्ने
नापी अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भोटेकोशी बाढीपीडितका लागि युरोपको ट्रिप इन होटल समूहले दियो ५१ लाख रुपैयाँ
खोटाङमा ५० शैयाको अस्पताल कार्यान्वयनमा लैजान स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र






