भुषण कुमार : जसले काम दिने आश्वासन दिएर तीन वर्ष याैन शाेषण गरे

 

मुम्बई । टि–सिरिज कम्पनीका मेनेजिङ डाइरेक्टर भुषण कुमार बिरुद्ध बलात्कार गरेको उजुरी परेको छ । मुम्बईको डिएन नगर पुलिस स्टेशनमा ३० वर्षिय महिलाले आफुलाई पटक–पटक बलात्कार गरेको उजुरी गरेकी छिन् ।

महिलाको भनाई अनुसार काम दिने आश्वासन दिएर सन २०१७ देखी २०२० अगस्तसम्म भुषणले धम्कि दिएर बलात्कार गरेका थिए । ‘काम दिने आश्वासन दिएर तीन वर्षमा विभिन्न स्थानमा मलाई भुषणले शारिरिक शोषण गरे ।’ उजुरीमा महिलाले उल्लेख गरेकी छिन् । महिलाका अनुसार भुषणले कसैलाई भने जेसुकै हुन सक्ने भन्दै धम्कि दिएका थिए ।

त्यसो त सन २०१८ मा अर्कि महिलाले पनि भुषणलाई यौन शोषणको आरोप लगाएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 380 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो