सुनसरीमा ३ सय ६ जनाको निधन

सांकेतिक तस्वीर

इटहरी । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएयता सुनसरीमा कोरोनाले तीन सय ६ जना मानिसको निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार दोस्रो लहरयता जिल्लामा तीन सय ६ जनाको निधन भएको हो । यस्तै, हालसम्म सुनसरीमा १४ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँका अनुसार हालसम्म जिल्लाको धरान उपमहानगरपालिकामा ५ हजार ५२ जनालाई कोरोना संक्रमण भएको छ भने १ सय २४ जनाको मृत्यु भएको छ ।

यस्तै, इटहरी उपमहानगरपालिकामा दोस्रो लहरबाट ४ हजार ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७९ जनाको मृत्यु भएको छ । यस्तै, सदरमुकाम इनरुवा नगरपालिकामा एक हजार १ सय ५५ जनामा कोरोना संक्रमण भएको छ भने हालसम्म २८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
यता, बराहक्षेत्र नगरपालिकामा ७ सय ७९ जनामा कोरोना संक्रमण भएको छ भने २६ जनाको मृत्यु भएको छ ।

यस्तै, रामधुनी नगरपालिकामा ५ सय ३३ जनामा संक्रमण १३ जनाको मृत्यु, दुहबी नगरपालिकामा ४ सय २६ जनामा संक्रमण १० जनाको मृत्यु, बर्जू गाउँपालिकामा २ सय ७८ जनामा संक्रमण ३ जनाको मृत्यु, देवानगञ्ज गाउँपालिकामा २ सय ५० जनामा संक्रमण ३ जनाको मृत्यु, गढी गाउँपालिकामा १ सय ७० जनामा संक्रमण ८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उता, भोक्राहा–नरसिंह गाउँपालिकामा १ सय ३४ जनामा संक्रमण ६ जनाको मृत्यु, कोसी गाउँपालिकामा १ सय २५ जनामा संक्रमण, ४ जनाको मृत्यु, हरीनगर गाउँपालिकामा १ सय १ जनामा संक्रमण २ जनाको मृत्यु भएको छ भने स्थानीय तह नखुलेका २ सय ३६ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
यो तथ्यांक वैशाखयता साउन १५ गते सम्मको रहेको कार्यालय प्रमुख प्रसाईँले बताए ।

यस्तै, शुक्रबार प्रदेश १ मा थप एक हजार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये मोरङको बेलबारीमा ६३, विराटनगरमा ५५, पथरीशनिश्चरेमा ३०, सुन्दरहरैँचामा १३, उर्लाबारीमा १०, बुढीगंगामा ५, ग्रामथानमा ४, केराबारी, धनपालथान, लेटाङ, कानेपोखरीमा २–२, कटहरी, रतुवामाई र मिक्लाजुङमा १–१ जना छन् । यस्तै, सुनसरीको धरानमा १२६, इटहरीमा ३९, इनरुवा र बराहक्षेत्रमा ७–७, कोसी गाउँपालिका, रामधुनी, दुहवी र स्थानीय तह नखुलेका २–२ जनमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै, झापाको विर्तामोडमा ३८, दमकमा २३, भद्रपुरमा २०, अर्जुनधारामा १७, कनकाईमा १६, मेचीनगरमा १४, शिवसताक्षीमा १०, कमल गाउँपालिका र बुद्धशान्तिमा ६–६, गौरादह र हल्दिबारीमा २–२, झापा गाउँपालिका, बाह्रदशी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले छ । यस्तै, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा ४, रोङ र सूर्योदयमा २–२, माई र देउमाईमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

उता, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढीमा ४, पाख्रीबास र चौवीसेमा १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका २–२, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?